२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

हिमालयन बैंकका ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट पाउने ।

banner

हिमालयन बैंक लिमिटेड र इ—कमर्श साइट दराज बिच बैंकका ग्राहकहरुलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहिबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

उक्त सम्झौताअन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहिबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५% वाअधिकतमरु. ५०० सम्म छुट प्राप्तगर्न सक्नेछन् ।

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितीबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्खको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् ।

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् ।

हाल बैंकको ७१ वटा शाखा, ५००० भन्दा बढि पस टर्मिनल, ६०० भन्दा बढि इ कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढि एटिएम मेशिनहरु संचालनमा छन् ।

ad

यो पनि पढौँ

सांग्रिला बैंककाे ७५ करोडको ऋणपत्र आजदेखि बिक्री खुल्ला

कोर्पोरट आवाज डट कम

संस्थागत सामाजिक उत्तरदायित्व

कोर्पोरट आवाज डट कम

कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

कोर्पोरट आवाज डट कम