
काठमाडौं, १६ असार । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने भनिएको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ असार १७ मा बुक क्लोज गर्ने जनाएको छ ।
हालसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने भएका हुन् ।
इन्स्योरेन्सको असार ३० मा २४ औं वार्षिक साधारण सभा हुँदैछ । साधारणसभाले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने लगायत विशेष प्रस्ताव पारित गर्नेछ।


