२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
सेयर

तीन लघुवित्तसहित ५ कम्पनीको बोनस सेयर सूचीकृत, प्रुडेन्सियल इन्स्योरेन्सको सेयर परिणत

banner

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा एकैदिन ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । साउन २२ गते शुक्रबार मात्रै विभिन्न ५ कम्पनीको कूल ३४ लाख १८ हजार ६८९ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये अधिकांश लघुवित्त वित्तीय संस्था रहेका छन् । नाडेप लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस सेयर सूचीकृत भएको छ ।

त्यसमा नाडेपको १० प्रतिशत अर्थात ३ लाख ६८ हजार कित्ता, मिथिलाको १२ प्रतिशत अर्थात १ लाख ४६ हजार ०८९ कित्ता र फर्वाड माइक्रोफाइनान्सको १२ लाख ५१ हजार ०३८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, इन्स्योरेन्स समूहको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र फाइनान्स समूहको रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको ८ लाख २१ हजार १४५.६० कित्ता र रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार ४१६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ९ लाख ९७ हजार ६९१.९ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको छ । यससँगै, इन्स्योरन्समा संस्थापकको ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत स्वामित्व कायम भएको छ ।

ad

यो पनि पढौँ

उच्च बिन्दुमा पुगेर फिर्कियो नेप्से, बढी कारोबार गर्नेको अग्रस्थानमा तीन वाणिज्य बैंक

कोर्पोरट आवाज डट कम

नेप्सेमा निरन्तर रेकर्ड ब्रेक, एकैदिन २ अर्बले बढ्यो कारोबार, ७ कम्पनीको मूल्यमा सर्किट

कोर्पोरट आवाज डट कम

दोहोरो अंकले घट्यो बजार, गुमाउनेसँगै बढी कारोबार गर्नेको अग्रस्थानमा गुडविल फाइनान्स

कोर्पोरट आवाज डट कम