२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल

banner

क्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो ।

घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झु ण्डिरहेको, सोही रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छ रिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।

ad

यो पनि पढौँ

विज्ञको चेतावनी : नेपाली सेनालाई खरिद–बिक्री र ठेक्कापट्टामा लगाउँदा पाकिस्तानको हालत हुन सक्छ

कोर्पोरट आवाज डट कम

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

कोर्पोरट आवाज डट कम

हृदयघात भएपछि अभिनेता विक्रम अस्पतालमा भर्ना

कोर्पोरट आवाज डट कम