४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

बीवाईडीको ‘फिस्कल इयर इन्ड अफर’; सडक करमा छुट दिदैँ कम्पनी 

banner

काठमाडौं । बीवाईडी ब्रान्डको कार बिक्री गर्दै आएको साइमेक्स इंक प्रालिले ‘फिस्कल इयर इन्ड अफर’ ल्याएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा कम्पनीले आफ्ना ग्राहकहरूको लागि यो अफर ल्याएको हो । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै यो अफर नयाँ बीवाईडी अल न्यु ई६ को खरिदमा लागू हुने जानकारी दिएको हो । 

यस अफर अन्तर्गत ग्राहकले विभिन्न गिफ्ट ह्यामपर्स, नगद छुट एक्सचेन्ज बोनस लगायत रहेका छन् । यसको साथै यो कारको खरिदमा कम्पनीले आगामी आर्थिक वर्षको लागि निशुल्क सडक करको व्यवस्था पनि गरेको विज्ञप्तिमा उल्लेख छ । यो अफर आर्थिक वर्ष २०७८/७९ मा मात्र लागू हुनेछ । यसको अर्थ हो असार मसान्तसम्म यो गाडी खरिद गर्ने ग्राहकले मात्र यो अफर प्राप्त गर्न सक्नेछन् । 

एकपटकको फूल चार्जमा ५२२ किलोमिटर सम्म गुड्न सक्ने यो गाडीको मूल्य ५७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका लागि यस्ता अफर पहिले पनि ग्राहकका लागि ल्याउदै आएकोमा आगामी दिनमा पनि यस्ता अफरलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । पछिल्लो समय साइमेक्स इंक प्रालिले बीवाईडीको विद्युतीय कार इ६, इ६ सेकेन्ड जेनेरेसनको बिक्री गर्दै आएकोमा अब भने नेपाली बजारमा एटो थ्री ल्याउने तयारी गर्दैछ। कम्पनीले यही साउन १३ मा उक्त गाडी नेपाल भित्र्याउने तयारी गरिरहेको छ ।

ad

यो पनि पढौँ

आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने महालक्ष्मी विकास बैंकको तयारी

Corporate Aawaj

पश्चिम सेती र सेती-६ जलविद्युत निर्माणको जिम्मा भारतीय कम्पनीलाई

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३१औँैँ शाखा धनुषाको महेन्द्रनगर, क्षिरेश्वरनाथमा

कोर्पोरट आवाज डट कम