
काठमाडौं, १४ असार । मर्जरका लागि प्रक्रियामा रहेका २ बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।
सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।आइतवार दुई कम्पनीबीच मर्ज सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरसँगै सेयर कारोबार रोक्का भएको हो ।
दुवै कम्पनीले कारोबार रोक्का भएको जानकारी नेप्सेलाई गराएका छन् । एक आपसमा गाभ्ने/गाभिने सम्झौतामा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।


