५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद

डिफेन्डर शिव प्रि-सिजन टुरमा नजाने 

banner

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) का डिफेन्डर शिव गुरुङ प्रि-सिजन टुर अन्तर्गत मलेसिया र थाइल्याण्डको भ्रमणमा नजाने भएका छन् ।

एनआरटीले व्यक्तिगत कारण देखाएर शिवले प्रि-सिजन टुरको टोलीबाट नाम फिर्ता लिएको जनाएको छ । नेपाली राष्ट्रिय टोलीका सदस्य शिवले टुरका लागि एनआरटीको टिमसँग प्रशिक्षण गरेका थिए ।

एनआरटीको टोली आज राति ८ बजे मलेसिया प्रस्थान गर्दै छन् । एनआरटीले सोमबार मलेसिया र थाइल्याण्ड जाने टोलीलाई बिदाई गरेको थियो ।  

एनआरटीले मलेसियाको पेनाङमा आयोजनामा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्नेछ ।  जसमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको  लिग टु क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै एनआरटीले थाईल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने छ । जसमध्ये एक खेल थाई लिग वान क्लब छोनबुरी एफसीसँग खेल्ने छ।

एनआरटीको टोली मलेसियाबाटै थाइल्याण्ड जानेछन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स्वरुप एनआरटीले ‘प्रि- सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्न लागेको हो ।

एनआरटीले प्रि-सिजन टुरका लागि मिडफिल्डर विशाल राई, डिफेन्डर रन्जित धिमाल, डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ र अट्याकीङ रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको छ ।

त्यस्तै एनआरटीले मिडफिल्डर सुवास गुरुङ, मिडफिल्डर निकालोस फर्नान्डेज, सन्जोक राई र  क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको छ । 

एनआरटीको टोली –

टोलो ल्याण्ड्री, पुजन होना, आन्द्रे थिएरी,सरोज तामाङ,गौरव श्रेष्ठ,रन्जित धिमाल, छिरिङ गुरुङ, सनम लिम्बु, विशाल राई,सुवास गुरुङ, विशाल तामाङ, अशोक थापा, मेसुके ओलोमोउ, निकोलस फर्नान्डेस, दिपेश घले, कृतिस रत्न छुन्जु, सन्जिब विष्ट, स्टेफेन समिर, सन्जोग राई, रुमेश बर्तौला,बिक्रम धिमाल

ad

यो पनि पढौँ

सन्दीप र कुशलको टी-२० वरीयता एक स्थान खस्कियो, अलराउन्डरमा दीपेन्द्र शीर्ष दशमै

कोर्पोरट आवाज डट कम

काभानी भित्राउने एट्लेटिकोको मुख्य योजना

कोर्पोरट आवाज डट कम

एनएसएलको सफलतासँगै निरन्तरतामा प्रश्न

कोर्पोरट आवाज डट कम