४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
विदेश

राष्ट्रपति बाइडेनले श्रीधर खत्रीलाई ह्वाइट हाउसमा बोलाएर के भने ?

banner

काठमाडौँ — अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई महाशक्ति राष्ट्र अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गरेका छन् ।खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।

उनीहरुबीच जेठ ३० गते भेट भएको थियो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता नभएपछि राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता गर्नका लागि ह्वाइट हाउसमा बोलाएका हुन् । यस अवसरमा राजदूत खत्री पनि गएका थिए । भेट सामान्य भएको कारणले गर्दा दूतावासले यसबारे बाहिर जानकारी नल्याएको जनाएको छ ।

छोटो भेटवार्तामा राष्ट्रपति बाइडेनले नेपालको विषयमा चासो राखेको राजदूत खत्रीले बताए । ‘राष्ट्रपतिज्यूले नेपाल र नेपाली आफूलाई मन पर्ने बताउनु भएको थियो,’ राजदूत खत्रीले भने,‘साथै, त्यस अवसरमा दुई मुलुकबीचको द्धीपक्षीय हितको सम्बन्धमा पनि कुराकानी भएको थियो ।

ad

यो पनि पढौँ

स्टे होमको अवस्थामै सरिश्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक

कोर्पोरट आवाज डट कम

अन्तर्राष्ट्रिय विद्यार्थी हाम्रै समुदायका सदस्य हुन् : अस्ट्रेलिया

कोर्पोरट आवाज डट कम

शान्तिमा सेनामा योगदान दिने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा

कोर्पोरट आवाज डट कम