
काठमाडौँ — अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई महाशक्ति राष्ट्र अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा बोलाएर भेटवार्ता गरेका छन् ।खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।
उनीहरुबीच जेठ ३० गते भेट भएको थियो । राजदूत खत्रीले अमेरिका गएपछि कोभिड–१९ संक्रमणका कारण भर्चुअल रुपमै राजदूतको ओहदाको प्रमाणपत्र बुझाएका थिए ।
त्यसबेला व्यक्तिगत रुपमा भेटवार्ता नभएपछि राष्ट्रपति बाइडेनलले भर्चुअल रुपमै ओहदाको प्रमाणपत्र बुझाएका राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता गर्नका लागि ह्वाइट हाउसमा बोलाएका हुन् । यस अवसरमा राजदूत खत्री पनि गएका थिए । भेट सामान्य भएको कारणले गर्दा दूतावासले यसबारे बाहिर जानकारी नल्याएको जनाएको छ ।
छोटो भेटवार्तामा राष्ट्रपति बाइडेनले नेपालको विषयमा चासो राखेको राजदूत खत्रीले बताए । ‘राष्ट्रपतिज्यूले नेपाल र नेपाली आफूलाई मन पर्ने बताउनु भएको थियो,’ राजदूत खत्रीले भने,‘साथै, त्यस अवसरमा दुई मुलुकबीचको द्धीपक्षीय हितको सम्बन्धमा पनि कुराकानी भएको थियो ।