२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

पहिरोले हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध

banner

मकवानपुर, १५ असार ।

वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उहाँले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।

ad

यो पनि पढौँ

रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

कोर्पोरट आवाज डट कम

मुख्यमन्त्रीको निर्देशन- विपन्नको घरघरमै राहत पुर्‍याउने व्यवस्था मिलाऊ

कोर्पोरट आवाज डट कम

मधेश स्वास्थ्य प्रतिष्ठानमा १ अर्ब २७ करोडको खरिदमा सेटिङ, भवन बनाउनेलाई उपकरण ल्याउने जिम्मा

कोर्पोरट आवाज डट कम