४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
धर्म–संस्कृति समाचार

लुम्बिनी आउने पर्यटकले स्थानीय स्तरमा निर्मित सामग्री उपहार पाउने

banner

गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को तयारी गरिएको हो । यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ

। लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रुपमा लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान बताउछन । लुम्बिनी सांस्कृतिक नगरपालिकाका बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेपछि लुम्बिनी घुम्न आउने पर्यटक लाभाम्वित हुने भएका हुन् । यसले लुम्बिनीको प्रचार हुने छ ।

लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल सङ्घको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ । पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

संसारभर लुम्बिनीकोे माटो र पानी प्रयोग गरेर बनाइएका उपहार सामग्रीले बढी महत्व राख्ने भएकाले सीप सिकाइएको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । लुम्बिनीको माटो र पानीलाई आकार दिएर विभिन्न सिर्जना गर्ने ज्ञवालीले जानकारी दिए । त्यसैका लागि काठमाडौँलगायत स्थानबाट दक्ष कालीगढ ल्याएर उपहार निर्माण गर्न सिकाइएको हो । यो सीपसँगै लुम्बिनीका स्थानीयवासीले पनि स्वारोजगार हुने अवसर प्राप्त गरेका छन् ।

ad

यो पनि पढौँ

नेपाल प्रहरीका डिआईजीहरुको सरुवा, सिआईबीमा धिरजप्रताप सिंह (सूचिसहित)

कोर्पोरट आवाज डट कम

महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिने हो: गृहमन्त्री थापा (अन्तरवार्ता)

कोर्पोरट आवाज डट कम

ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्नेमा देउवातिर किन लाग्नुभयो ?

कोर्पोरट आवाज डट कम