१७ आश्विन २०८०, बुधबार / October 4, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ सेयर

मर्जर पछि नेपाल बंगलादेश बैंकका शेयरधनीलाई चरम घाटा, लाभांश नै कुर्नु पर्ने स्थिति

banner

नबिल बैंकमा मर्ज भएको नेपाल बंगलादेश बैंकका शेयरधनीहरुलाई नबिल बैंकको पछिल्लो शेयर मूल्यका आधारमा चरम घाटा देखिएको छ । मर्जर हुने हल्लाले नेपाल बंगलादेश बैंकको शेयर खरिद गर्नेहरुले कारोबारको सुरुवाति अवस्थामै घाटा बेहोर्ने भएका छन् ।

अहिले नविल बैंकको शेयर मूल्य ७९९ रुपैयाँ हाराहारी छ । गत शुक्रवारको क्लोजिङ प्राइज ८२६ रुपैयाँ थियो । बजार लगातार तल झरिरहेको हुँदा नविल बैंकको शेयर मूल्यमा पनि चरम गिरावट आएको छ । जवकी नेपाल बंगलादेश बैंकको कारोबार ३९९ रुपैयाँमा बन्द भएको थियो । बैंकको १८० दिनको औषत शेयर मूल्य हेर्ने हो भने ४०७ रुपैयाँ पर्न जान्छ भने १२० दिनको औषत मूल्य ४१४ रुपैयाँ छ । एक वर्षको अवधिमा बंगलादेश बैंकको शेयर मूल्य अधिकतम ५१५ रुपैयाँसम्म पुग्यो ।

मानौ मर्जर अगाडी शेयरधनीहरुले नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले १८० दिनको औषत मूल्य अर्थात ४०७ रुपैयाँमा खरिद गरेका थिए । यदि उनिहरुले ४०७ रुपैयाँमा १०० कित्ता शेयर खरिद गरेका थिए पनि लागत ४० हजार ७०० रुपैयाँ पर्न आउछ ।

यदि अहिले कायम शेयर मूल्य ८०० रुपैयाँमै बिक्री गरियो भने जम्मा ३४ हजार ४०० रुपैयाँ पर्न आउछ । यहि आधारमा नेपाल बंगलादेश बैंकको शेयरमा अहिले लगानीकर्ताहरुलाई १५ प्रतिशत भन्दा माथिको नोक्सानी बेहोर्नु पर्ने देखिन्छ ।

अवको केहि दिनमा नेपाल बंगलादेश बैंकका शेयरधनीहरुले नविल बैंकको नाममा शेयर खरिद बिक्री गर्न पाउनेछन् । त्यतिवेलासम्ममा लगानीकर्ताहरुलाई पर्ता पर्न नविल बैंकको शेयर मूल्य कम्तिमा पनि ९५० रुपैयाँ पुग्नु पर्नेछ । यदि लगानीकर्ताले ४१० रुपैयाँ भन्दा बढिमा शेयर खरिद गरेका रहेछन् भने लागत उठाउन अझै धेरै मूल्य कुर्नु पर्छ ।

तर हिजोको नेपाल बंगलादेश बैंकको शेयर होल्ड गरेर बसेका लगानीकर्ताका लागि भने लभांशका हिसावले सबैभन्दा राम्रो हुनेछ । नविलको आकर्षक लाभांशले पनि उनिहरुको घाटा पुर्ती गर्नेछ ।

ad

यो पनि पढौँ

६२ दिनपछि जोर बिजोर प्रणालीमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन

कोर्पोरट आवाज डट कम

अर्थमन्त्रालयले नेप्सेका प्रमुख साउदसँग पनि माग्यो स्पष्टिकरण, ३ तीनभित्र पेश गर्नुपर्ने

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

कोर्पोरट आवाज डट कम