२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

सगरमाथा इन्स्यारेन्सले बोलायो साधारणसभा, ११.५८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने

banner

काठमाडौं, ९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट कुल ११ दशमलव ५८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । लाभांश प्रस्ताव सँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ ।

ad

यो पनि पढौँ

नेबिको बिस्कुटको आउटलेट अब बालाजु र गौरीघाटमा पनि

कोर्पोरट आवाज डट कम

साउन १० गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, ब्याजदर कति ?

कोर्पोरट आवाज डट कम

साउन ७ गतेदेखि मुक्तिनाथ विकास बैंकको १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन हुँदै

कोर्पोरट आवाज डट कम