५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

हुन्डाइले सार्वजनिक गर्यो अयोनिक ६ को डिजाइन, टेस्ला मोडल ३ संग प्रतिस्पर्धा हुने

banner

कोरियन अटो निर्मात हुन्डाइले आयोनिक ६ को डिजाइन सार्वजनिक गरेको छ । यसै वर्षको अन्त्यसम्ममा लन्च हुने तयारीमा रहेको यो नयाँ इलेक्ट्रिक कारले टेस्ला मोडल ३ संग प्रतिस्पर्धा गर्नेछ ।

  

हुन्डाईले यो नयाँ कारलाई इभी डेडिकेटेड प्लेटफर्म ई–जिएमपी आर्किटेक्चरमा निर्माण गरिरहेको छ । जुन आर्किटेक्चरमा आयोनिक५ र किया इभी६ निर्माण भई बजारमा आइसकेका छन् । निकै नै आकर्षक र भविष्यमा आधारित भई डिजाइन गरिएको यो कारमा अत्याधुनिक र सुविधासम्पन्न फिचर्स उपलब्ध हुने जनाइएको छ ।

यो नयाँ कारमा कुन साइजको व्याट्री र कति वाट क्षमताको मोटर जडान गरिनेछ भन्ने विषयमा विस्तृत जानकारी वाहिर नआएपनि ७७.४ किलोवाट आवरको व्याट्री हुनसक्ने आँकलन गरिएको छ । यो इलेक्ट्रिक कारले ४ सय किलोमिटर रेन्ज दिने अनुमान लगाइएको छ ।

आयोनिक ५ मा जस्तै यसमा पनि एकपटक प्रयोगमा आइसकेका सामानलाई रिसाइकल गरी निर्माण गरिएका सामग्रीहरुलाई बढी मात्रामा प्रयोग गरिएको छ । जसले वातावरण संरक्षमा कम्पनीको संवेदनशिलतालाई झल्काउन ठोस मद्धत गरेको प्रष्ट हुन्छ ।

निकै नै आकर्षक र विलासी फिचर्सद्धारा सुसज्जित रहने बताइएको यो नयाँ कारमा एम्वियन्ट लाइटिङ, टु स्पोक स्टेरिङ ह्विल र आयोनिक ५ मा जस्तै १२.५ इन्चको दुईवटा टच स्क्रिन उपलब्ध हुनेछ । सुरक्षाका लागी यसमा वहुसंख्यक एयरव्याग, एड्भान्स ड्राइभिङ एसिस्टेन्स सिस्टम र क्यामेरा लगायत अन्य धेरै फिचर्स रहनेछन् ।

ad

यो पनि पढौँ

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङ प्रा.लि. बीच सम्झौता

कोर्पोरट आवाज डट कम

महालक्ष्मी विकास बैंक लि.मा स्वतन्त्र सञ्चालकको नियुक्ति

कोर्पोरट आवाज डट कम

टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटी बिच सम्झौता

कोर्पोरट आवाज डट कम